• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट ★   तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो ★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका ★   वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ ★   वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना– प्रदीप ज्ञवाली (भिडियोसहित)



काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले महँगीका विषयमा आफूले बोलेको कुरालाई ट्रोल बनाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सार्वजनिक कार्यक्रममा आफूले महँगीबो विषयमा बोल्दा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाइएकोप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।

यही साउन २ गते एमालेको उपभोक्ता हित संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले महँगी अचाक्ली बढेको भन्दै आफू पूर्वमन्त्री भएर पनि घरमा दुई थरी तरकारी पकाएर खान सक्ने अवस्थामा नभएको बताउनुभएको थियो ।

उहाँको सो भनाइ आएलगत्तै सामाजिक सञ्जालहरुमा उहाँले खाना खाइरहेको फोटो सार्वजनिक गर्दै उहाँमाथि व्यङ्ग्य गरिएको थियो ।

सत्तारुढ तलका कतिपय नेता कार्यकर्ता महँगी समस्या भन्ने स्वीकार नगरेर आफ्नो फोटो हालेर ट्रोल बनाउनेतिर लागेको भन्दै उहाँले भन्नुभयो, “मैले यही विषय अस्ति उठाएको थिएँ, साथीहरुले मैले अमेरिकामा खाना खाइरकेको फोटो छापेर दुईथरी तरकारीको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।”