१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पाका सबै सांसद मन्त्री



अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको छ । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त हुनुभएको छ । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त हुनुभएको छ ।

डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ ।

शाही दोस्रो पटक मन्त्री हुनुभएको हो । उहाँ यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भई सक्नुभएको छ । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसक्नुभएको छ ।

एउटै जिल्लाबाट सङ्घीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।