• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)



फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेको छ ।

बैठकमा विशेष समय लिएर माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले परराष्ट्र मन्त्रालयको एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्र पठाउन नसकिने भन्ने भनाइप्रति आपत्ति प्रकट गर्नुभयो ।

बुधबार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीअन्तर्गत केही सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएको भन्दै कहाँ र कसरी त्यस्ता सहयोग आए भन्नेबारे टुंगोमा पुगेर मात्र पत्राचार गरिने बताउनुभएको थियो ।

उहाँले विपद् व्यवस्थापनलगायत के केमा सहयोग प्राप्त भएको हो त्यसको अध्ययन गरेर उपयुक्त समयमा पत्राचार गरिने जानकारी दिनुभएको थियो ।

प्रमुख सचेतक गुरुङले परराष्ट्र मन्त्रालयको भनाइ मन्त्रिपरिषद्को निर्णय विपरीत भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको रहेको भन्दै त्यसलाई परराष्ट्र मन्त्रालयलयले कार्यान्वयन गर्न अटेरी गरिरहेको बताउनुभयो ।

नेपालले एसपीपी अस्वीकार गर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको आशंका रहेको भन्दै उहाँले एसपीपीमा सहभागी नहुने भनेर पत्राचार गर्न संसद्ले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।