८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पु-याउने काम भइरहेको छः विप्लव

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पु-याउने काम भइरहेको छः विप्लव
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उहाँले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको हो ।

उहाँले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गर्नुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गर्नुभयो । महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनु भयो । उहाँले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाउनु भयो । महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाउनु भयो ।

उहाँले अहिलेको सरकार तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको स्वाधिनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनैपनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा छ । १८१६ को सुगौली सन्धी भन्दापनि १९५० को दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु हाम्रो आकाशमाथि आइलागेका छन् । हाम्रो देशमाथि आइलागेका छन् । देशको भविष्यको बारेमा सबै युवाहरुमा चिन्ता छाएको छ । यो एउटा संकट खडा भएको छ । देशको रक्षा हुन्छ कि हुँदैन ? देशको सावैभौमिकता बच्छ कि बच्दैन ? देशको स्वाधिनता बच्छ कि बच्दैन ? नेपालको सर्वाधिक वहस चिन्ता यसमा छ । नेपालको जनजीवन चरम संकटबाट गुज्रिरहेको छ ।

नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको छ । संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेका छन् । नेपालको राजनीतिक प्रणाली स्थिर बन्न सकेको छैन । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरु फेरिएका छन् । एक प्रकारले कस्तो हुँदैछ भने मन्त्री बन्ने आजकाल एउटा रोलक्रम जस्तो भएको छ । जंगबहादुर राणाको पालोको भन्दापनि भद्दा रोलक्रम शुरु भएको छ । बाँडफाँड गर्ने, को मान्छे कति महिना मन्त्री हुने हो, पार्टीमा छलफल गर्ने, पालोपालो मन्त्री हुने कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने, जनतालाई दुःख दिने र फर्किने, फेरि अर्को फटाह त्यहाँ पुग्ने । फटाहहरुको रोलक्रम चलिरहेको छ ।

राणा शासनले जसरी आफ्ना भारदारहरु सभा गरेर रोलक्रममा बाँड्थे आज नेपालका संसदवादी पार्टीहरु विदेशी साम्राज्यवादीका एजेण्टहरु रोलक्रम लगाउँदैछन् । ६/६ महिनामा मन्त्री फेर्ने, तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने । यो एउटा जटिल परिस्थिति नेपालमा राजनीतिक रुपले हेर्दा देखिन्छ । यत्तिको भद्दा मजाक नेपालको राजनीतिमा कम नै पाइन्छ ।

धेरै मन्त्रीहरु फेरिसकेका छन्, कोही दौरा, सुरुवाल सिलाउने र कोही थन्क्याउनेतिर लागिरहेका छन् । जनताको समस्या त्यही छ, दिनदहाडै बलात्कार छ, तर राज्यमा बसेका मान्छेहरु आफ्नो गुटको स्वार्थका लागि, दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेका छन् । यो मुठीभर लुटेराहरुको व्यवस्था हो । हामीले हजारौँ शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था होइन । यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था हो । मुठीभरका मानिसले मोजमस्ती गर्ने व्यवस्था हो ।’

महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पार्नुभयो । उहाँले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताउनु भयो । महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गर्नुभयो ।