• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

जनमतका कार्यकर्ताले मधेसको कृषि मन्त्रालयमा लगाए ताला



जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ताला लगाएका छन् ।

जनकपुरमा प्रदर्शन गरेपछि पार्टी कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् । प्रदर्शनमा उनीहरुले प्रदेश र संघ सरकारविरुद्ध नाराबाजी गर्दै किसानको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनमत पार्टीले बताएको छ ।