१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमतका कार्यकर्ताले मधेसको कृषि मन्त्रालयमा लगाए ताला



अ+ अ-

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ताला लगाएका छन् ।

जनकपुरमा प्रदर्शन गरेपछि पार्टी कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् । प्रदर्शनमा उनीहरुले प्रदेश र संघ सरकारविरुद्ध नाराबाजी गर्दै किसानको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनमत पार्टीले बताएको छ ।