११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले के भने ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले के भने ?
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको शुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि संघ वा प्रदेश सरकार कसको जिम्मेवारी हो भन्ने भन्न पनि गर्नुभयो । उहाँले सम्बन्धित निकायले दुर्घटना कम हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अझैपनि केही ठूलो दुर्घटना भएमा यसको टालटुले समाधानको लागि निर्देशन गरेको सुनिन्छ । वर्षायामको शुरुवाती सँगै दुर्घटनामा वृद्धि हुँदै दशैँ, तिहारसम्म यसको उच्च बिन्दुमा पुग्छ । यस साझा सामाजिक र जनस्वास्थ्य समस्याको दिगो समाधानका लागि केन्द्र वा संघ कुन निकाय जिम्मेवार हो ? त्यसको संरचनागत प्राविधिक क्षमता के छ ? प्रदेशस्तरमा सडक दुर्घटना रोक्न कुन–कुन निकाय जिम्मेवार छन् ? तिनका कार्यरत जनशक्ति, प्राविधिक क्षमता, आवश्यक स्रोत व्यवस्थापनको स्थिति के छ ? के ले अवरोध गरिरहेको छ ? यि प्रश्नहरुको अविलम्ब उत्तर आउनेगरी आगामी दशैँ, तिहारमा दुर्घटना कम भएको महशुस हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्दछु ।’

प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रबैंकको गर्भनरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो ।’

प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका नाफाखोरहरुलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सरकारले चनाखो भई बजारमा नाफाखोरहरुलाई कन्ट्रोल गर्नु आवश्यक छ भने अर्कोतर्फ सबै सचेत जनताले खर्च कटौती गर्न अति आवश्यक छ । सबैले सरल जीवन बिताऔँ । सार्वजनिक यातायात प्रयोग गरौँ । महंगो पेट्रोलियम पद्धार्थ र सवारी चालकको खर्च कटौती गरौँ ।’

प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले गेटामा प्रश्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘गेटामा प्रस्तावित भएको मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरीकन त्यहाँ ८० बिगाहामा तयार रहेको पूर्वाधारमा अब राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आइसियु र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमै आइसियु र भेन्टिलेटर सञ्चालन गर्नका लागि यथाशिघ्र सञ्चालन गर्नका लागि सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’

प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले न्यायलयको न्यायालयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताउनु भयो । उहाँले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘अदालतको पुनःसंरचना अहिले पनि हुन सकेको छैन । गणतन्त्र आइसक्दा पनि पुरातन शैलीबाट न्यायलय चल्नु यो गणतन्त्रको उपहास भएन र ? संविधान पुनर्लेखन हुँदापनि न्यायलयले न्याय सम्पादन गर्ने शैली पुरानै भइराखे न त जनताको पहुँच न्यायमा पुग्नसक्छ, न त जनमुखि न्याय जनताले पाउन सक्छन् । यसको दिगो समाधान भनेकै संविधानको अविलम्ब कार्यान्वयन गर्न, स्वतन्त्र न्यायपालिका बनाउन र एउटा उच्च स्तरिय न्यायिक सुधार आयोग गठन गर्न अपरिहार्य देखिन्छ ।’

प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले समाजमा पछि पारिएका समुदायलाई समयमै न्याय दिलाउनका लागि तत्काल उच्चस्तरिय न्यायिक सुधार आयोग गठन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘पहुँचयोग्य, स्वतन्त्र, निष्पक्ष, र नेपाली समाजको पिँधमा रहेका नेपाली समुदायहरुलाई पनि समयमै न्याय दिलाउनका निम्ति नेपाल सरकारले तत्कालै उच्चस्तरीय न्यायिक सुधार आयोग गठन गर्न जरुरी छ ।’

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषय र आ–आफ्नो क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।