२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व सङ्कलन



अ+ अ-

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु ६४ करोड २४ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नपाएको बताउनुभयो ।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८/७९ मा रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयले आव २०७८/७९ को साउनमा रु ३९ करोड ३३ लाख, भदौमा रु ५४ करोड ६१ लाख, असोजमा रु ५१ करोड ६३ लाख, कात्तिकमा रु ४६ करोड ८१ लाख, मङ्सिरमा रु ६३ करोड १९ लाख, पुसमा रु ६२ करोड ४४ लाख, माघमा रु ५४ करोड ५० लाख, फागुनमा रु ३५ करोड ६४ लाख र चैतमा रु २७ करोड ९२ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी वैशाखमा रु ३५ करोड ३१ लाख, जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । जिल्ला भन्सार कार्यालयले आव २०७७/७८ मा रु ६० करोड ५९ लाख र आव २०७६/७७ मा रु ३३ करोड ६६ लाख राजस्व सङ्कलन गरेको थियो ।