५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व सङ्कलन



अ+ अ-

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु ६४ करोड २४ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नपाएको बताउनुभयो ।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८/७९ मा रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयले आव २०७८/७९ को साउनमा रु ३९ करोड ३३ लाख, भदौमा रु ५४ करोड ६१ लाख, असोजमा रु ५१ करोड ६३ लाख, कात्तिकमा रु ४६ करोड ८१ लाख, मङ्सिरमा रु ६३ करोड १९ लाख, पुसमा रु ६२ करोड ४४ लाख, माघमा रु ५४ करोड ५० लाख, फागुनमा रु ३५ करोड ६४ लाख र चैतमा रु २७ करोड ९२ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी वैशाखमा रु ३५ करोड ३१ लाख, जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । जिल्ला भन्सार कार्यालयले आव २०७७/७८ मा रु ६० करोड ५९ लाख र आव २०७६/७७ मा रु ३३ करोड ६६ लाख राजस्व सङ्कलन गरेको थियो ।




भर्खरै