१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
अ अ+ अ-

काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । 

गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिनुभएको छ । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उहाँले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताउनुभएको छ । 

“तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको  छ”, सपुतले भन्नुभएको छ । पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गर्नुभएको छ । 

“जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो”, उहाँले भन्नुभएको छ, “त्यसैले कुनै दबाब÷प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।”

पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उहाँको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने रु भन्ने बहस हुन जरुरी रहेको उहाँको मत छ । कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गर्नुभएको छ ।  

सपुतले सामाजिक संञ्जालमा लेख्नुभएकाे छ –

सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दि , १५ दिनमा #कुराबुझ्नपर्छ र ७ दिनमा #पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ ।सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस ।

जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official Youtube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो ।

त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि- अपलोड गरिएको छ । साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु ।केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…

#पिर– Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !