• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो



काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । 

गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिनुभएको छ । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उहाँले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताउनुभएको छ । 

“तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको  छ”, सपुतले भन्नुभएको छ । पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गर्नुभएको छ । 

“जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो”, उहाँले भन्नुभएको छ, “त्यसैले कुनै दबाब÷प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।”

पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उहाँको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने रु भन्ने बहस हुन जरुरी रहेको उहाँको मत छ । कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गर्नुभएको छ ।  

सपुतले सामाजिक संञ्जालमा लेख्नुभएकाे छ –

सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दि , १५ दिनमा #कुराबुझ्नपर्छ र ७ दिनमा #पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ ।सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस ।

जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official Youtube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो ।

त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि- अपलोड गरिएको छ । साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु ।केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…

#पिर– Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !