१३ श्रावण २०८३, बुधबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकामा आइपुगे तीन वटा दमकल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खरिद गरेको तीन वटा दमकल महानगरमा आइपुगेका छन् ।

महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक पोष्ट गर्दै उहाँले सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।”

आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ भन्दै महानगर प्रमुख साहले काठमाडौँ जस्ता क्षेत्रहरुमा आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता भएकाले त्यस्ता क्षेत्रहरुमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनुपर्ने उल्लेख गर्नुभएको छ ।




भर्खरै