१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना



अ+ अ-

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले जिल्ला अदालत काठमाडौँका एक न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध स्पष्टीकरण माग गरेको छ ।

परिषद्ले अधिवक्ता पोखरेलविरुद्ध गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । अधिवक्ता पोखरेलले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन बनेपछि परिषद्ले सार्वजनिक सूचना निकालेर स्पष्टीकरण सोधेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेललाई अधिवक्ता पोखरेलले घुसको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । सोही विषयमा परिषद्ले छानबिन गरिरहेको छ ।

सार्वजनिक सूचना निकाल्नुअघि परिषद्ले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा पनि म्यादको पत्र बुझाएको थियो । पोखरेल सम्पर्कविहीन भएपछि बाध्य भएर सार्वजनिक सूचना निकाल्नुपरेको परिषद्ले बताएको छ ।

सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिवक्ता पोखरेलले आरोपित तामाङलाई धरौटीमा छाड्न जिल्ला न्यायाधीश कोइरालासमक्ष घुस प्रस्ताव गरेका थिए । सोसम्बन्धी अडियो सार्वजनिक भएलगत्तै अधिवक्ता पोखरेल सम्पर्कविहीन भएका छन् ।