२९ पुष २०८१, सोमबार
,
Latest
मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छः मन्त्री अधिकारी एमालेमाथि साइबर आक्रमण सुरु भएको छ: माधव ढुङ्गेल चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ? सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा छः सचिव अर्याल एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोरः सञ्चारमन्त्री गुरुङ मिथ्या सूचना दिनेलाई कानूनी दायरामा ल्याउनेगरी विधेयक बनाऔँः प्रमुख सचेतक बर्तौला देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टेचरमा नै नवजात शिशुको जन्म…



अ+ अ-

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।

“गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ”, स्थानीय रामबहादुर बटालाले गुनासो गर्नुभयो ।

उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिनुभएको थियो । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिनुभयो । “दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उहाँले भन्नुभयो, “यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।”

उहाँले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे भनाइ छ । “अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।”