८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने
अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना हटाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले सवारी पार्किङ गर्ने अन्डरग्राउण्ड पार्किङभित्र डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताउनुभयो । “सडकमा पार्किङ भएका सवारी साधन अण्डरग्राउण्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्नेछ, हामी सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्ड पार्किङलाई व्यवस्थित गर्नेछौँ”, उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने प्रवक्ता दासले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताउनुभयो । “सवारी साधन बढ्दा र सडक नबढ्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चुनौती बन्दै गएको छ, यसलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ”, उहाँले भन्नुभयो ।

ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घण्टे ड्युटी, ३२६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक तीन घण्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ ।

महाशाखाले आर्थिक वर्ष २०७८र०७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख चार हजार ५९७ सवारी साधनलाई कारबाही गरी रु ३३ करोड १३ ६८ हजार २१८ राजस्व सङ्कलन गरेको छ ।

सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार ८९३, मादक पदार्थ सेवन गरी सवारी चलाउन ३३ हजार ५९०, रातो बत्तीको पालना नगर्ने १८ हजार ९८४ र तीव्र गतिमा चलाउने १८ हजार ४४७ सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले अव्यवस्थितरूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार ९०५ सवारी साधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र भाडा ठगी गर्ने तथा अनियमितता गर्ने १० हजार २९५ सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता दासले बताउनुभयो । सोही आवमा कार्यालयले प्रविधिको क्षेत्रमा विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र लिने कागजपत्र लिने ठाउँ अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।