८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

साउन महिनामा नेपाली नारीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्यो

साउन महिनामा नेपाली नारीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्यो
अ+ अ-

धनुषा । आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ । यद्यपि यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ ।

जनकपुरधामकी स्थानीयवासी तथा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउनुभयो । “साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ”, मिश्रले भन्नुभयो ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभरि आफू हरियो चुरा लगाउने मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्यसमेत रहनुभएकी जनकपुरधामकी पुष्पा यादवको भनाइ छ । यादवले हरियो चुरासँगै मेहन्दीले हात सजाउनुभएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरीले साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको बताउनुभयो । “परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्”, उहाँले भन्नुभयो, “घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन ।”

कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन् । साउनमा शृङ्गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारी बताउँछन् ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी प्रोप्राइटर मीनादेवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो ।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् ।

जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र रातो कुर्था सलवारमा सजिएर हिँड्ने र सोमबार व्र समेत बस्न थालेको बताउनुभयो ।

उहाँका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्नुभएको हो । उहाँले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिनुभएको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएको देखिन्छ । हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ ।

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिला बताउँछन् । महिला आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ । यो एउटा आस्था पनि हो । सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ ।

कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेका छन् । नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । हिन्दू धर्म संस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ ।

“पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ”, बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भन्नुभयो ।

साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ । तर पछिल्लो समय धार्मिक आस्थाका आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा÷मेहन्दी लगाइएको कतिपयको बुझाइ छ ।

के छ पौराणिक मान्यता ?
पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।

हरियो उपचारको रङ पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

यसकारण लगाइन्छ हरियो
शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ । रासस