९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार



अ+ अ-

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।

भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल रु ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप रु चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने रु एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।