१३ श्रावण २०८३, बुधबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १८.०३ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अकंले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने १।१५ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आईतवार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार र मेन्युल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

नेप्से बढेसँगै बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै