४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश गृहमन्त्रीहरु काठमाडौँमा, प्रहरी समायोजनमा दबाब दिइने



अ+ अ-

काठमाडौँ । प्रहरी समायोजन गर्न शीर्ष नेताहरुलाई दबाब दिन प्रदेशमन्त्रीहरु अहिले काठमाडौँ आएका छन् । उनीहरुले यही साउन महिनाभित्र प्रहरी समायोजन गर्न अल्टिमेटम दिएका थिए ।

प्रदेश गृहमन्त्रीहरुले सोमबार बिहान नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । अबको केहीबेरमा उनीहरुले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेट्दैछन् ।

आजै दिउँसो ४ बजे उनीहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । सम्भव भए आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने योजना रहेको बताइएको छ ।

गत असार २३ गते मधेस प्रदेशको राजधानी जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेलगायतका सात बुँदे जनकपुर घोषणापत्र जारी गरेका थिए ।