७ माघ २०८१, सोमबार
,
Latest
आर्थिक कूटनीतिले प्राथमिकता पाउनेः राजदूत नेपाल सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस् नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा मन्त्रीहरु औपचारिक कार्यक्रममा अल्झिँदा विधेयक माथिको छलफल सुस्त लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । गत वर्षमाभन्दा यस वर्ष काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ ।

उहाँका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले विस्तारै पानी पर्नेक्रम सुरु भई गर्मी कम हुने अवस्था रहेको छ । विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।