२९ पुष २०८१, सोमबार
,
Latest
माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह मनाङमा पहिलो हिमपात भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु, दुई प्रहरी घाइते सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार माओवादीको पदाधिकारी बैठक बस्दै सुनको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतबार रु ३० हजार घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए ।

अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।