१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा अचाक्ली गर्मी, जनजीवन प्रभावित



अ+ अ-

जलेश्वर । विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन भएको छ ।

अहिले दैनिक जिल्लाको तापक्रम ३८-४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ ।

गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ । गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए ।यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ ।

गर्मीका कारण गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो । महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ ।