६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो आर्थिक बर्षमा मुद्रास्फीतिमा चाप पर्ने: नेपाल राष्ट्रबैक – प्रतिबेदन सहित



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रबैकले यो आर्थिक बर्षमा मुद्रास्फीतिमा चाप पर्ने सम्भावना रहेको जनाएको छ । आर्थिक गतिविधि अध्ययन (एकीकृत) अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) सार्वजनिक गर्दे केन्द्रीय बैकले अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी वृद्धि हुनु, डलरको तुलनामा नेपाली मुद्रा अवमुल्यन हुनु, रुस युक्रेन युद्धको कारण आपूर्ति श्रृखंलामा उतारचढाव आउनु, खाद्य सुरक्षालाई मध्यनजर गरी भारत सहितका विभिन्न मुलुकले खाद्यान्न निर्यातमा रोक लगाउनु, अघिल्लो वर्ष मल आपूर्तिमा आएको समस्याका कारण खाद्यान्न उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्नु, कर्मचारीवर्गको तलब वृद्धि हुनुतथा कोभिड–१९ पछि आन्तरिक मागमा अत्यधिक वृद्धि हुनु लगायतका कारणले मुद्रास्फीतिमा चाप पर्ने सम्भावना रहेको जनाएको हो ।

प्रतिबेदनमा मूल्य स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने नीतिगत पहललेमूद्रास्फीति समग्रमा एकल अंकमा रहन सक्ने देखिने जनाएको छ ।

यसै गरी आर्थिक वर्ष २०७८/७९ मा वेमौसमी वर्षा र मल अभावका कारण कृषि उत्पादनमा अपेक्षित वृद्धि नभएपनि यस वर्ष समयमै रोपाई भएको, नेपाल सरकारले कृषिमा आयात न्यूनीकरण तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको, प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको र सिँचाई, मल लगायतका कृषि पूर्वाधारको सहजता हुँदै गएकोले कृषि उत्पादन आगामी वर्ष केही वृद्धि हुने
अपेक्षा गरिएको छ ।

प्रतिबेदनमा तरलता अभाव, प्रतितपत्रमा नगद मार्जिनको व्यवस्था तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले औद्योगिक क्षेत्रमा चाप पर्ने देखिएपनि विद्युत उत्पादन तथा आपूर्तिमा सुधार, स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन, जुत्ता, सिमेन्ट लगायतका उत्पादन निर्यातमा नगद अनुदान तथा विदेशी उपभोग्य वस्तु आयातमा गरिने कडाइका कारण स्वदेशी औद्योगिक उत्पादनमा केही सुधार हुने देखिएको छ । य

सै गरी काेभिड–१९ को महामारी पश्चात् आर्थिक गतिविधि वृद्धि हुँदै गएकोले पर्यटन आगमन दर केही बढेको, होटल क्षेत्रमा लगानी वृद्धि हुँदै गएको, आन्तरिक पर्यटनमा मानिसहरुको रुची बढेको, डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको, भौतिकरुपमा विद्यालय तथा हस्पिटल सुचारु भएका तथा खुद्रा तथा थोक व्यापारमा विस्तार भएकोले आगामी आर्थिक वर्षमा सेवा क्षेत्रमा पनि सुधारहरु आउने सम्भावना रहेको जनाईएको छ ।

प्रतिबेदनमा सिमेन्ट रड लगायतका निर्माण सामग्री तथा मजदुरको आपूर्ति सहज हुँदै गएको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, प्रशारण लाइन तथा सडक मर्मत आयोजना सुरु भएको, जलविद्युत आयोजना सुचारु भएको, सुरुङमार्ग निर्माण कार्य अघि बढेको जस्ता कारणहरुले पूर्वाधार क्षेत्रको विस्तार हुने अबस्था रहेको जनाईउको छ ।

प्रतिबेदनमा पर्यटन क्षेत्र सुधारोन्मुक रहेको र आयातमा केही कमी आएको भएतापनि विप्रेषण आप्रवाह वृद्धि दर केही सुस्त नै रहेको, निर्यात आशातितरुपमा बढ्न नसकेको, पेट्रोलिय पदार्थको मुल्यवृद्धि तथा डलरको अधिमुल्यनले आयात महंगो हुने भएको लगायतका कारणले चालु खाता घाटा तथा शोधानान्तर स्थितिमा रहेको चापमा उल्लेख्य सुधार हुने अबस्था नरहेको जनाईएको छ ।

प्रतिवेदनको पूर्णपाठ-

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/07/EAR-Half-Yearly-2078-79-_Integrated.pdf”]