२९ पुष २०८१, सोमबार
,
Latest
कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह मनाङमा पहिलो हिमपात भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु, दुई प्रहरी घाइते सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससको सेवा थप प्रभावकारी बनाउन श्रव्य दृश्य सेवा: अध्यक्ष झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताउनुभएको छ ।

राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भन्नुभयो, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।”

उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिनुभयो । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भन्नुभयो ।

उहाँले राससले आफ्ना सेवाहरूलाई विविधिकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि सुरुआत गर्न लागेकामा राससका समग्र पत्रकार एवं कर्मचारी र समग्र सेवाग्राहीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।