२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नामिबियासँग नेपाल पराजित



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोडेर अलआउट हुन पुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २र२ विकेट लिए भने बसिर अहमदले १ विकेट लिए ।

यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेल आज आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ । १९ खेलमा १७ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । यस्तै, नामिबिया १८ खेलमा १८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।




भर्खरै