८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

सुनिएन असारे गीत, हरायो रोपाइको मौलिकता

सुनिएन असारे गीत, हरायो रोपाइको मौलिकता
अ+ अ-

हलगोरु झरे खेताली झरे बेंसीको रोपाइँमा,
सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’,
‘आज नि रोपाइँ भोलि नी रोपाइँ पर्सी नि जानुछ,
एकै र दिन, गरेको खेती वर्षदिन खानुछ’… ।

यसरी गीत गाएर धान रोपाइँ गरेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठलाई अहिले पनि ताजै लाग्छ । पञ्चेबाजाको तालमा खेतालाले रोपाइँ गर्दा छुट्टै रौनक हुन्थ्यो, उहा भन्नुहुन्छ । हिजोआज भने असारे गीत कतै सुन्न नपाइएको र पुरानो संस्कार तथा संस्कृति हराउँदै गएको उहाँको गुनासो छ । ज्येष्ठ नागरिक बाशिष्ठ भन्नुहुन्छ, “असार सुरु भएदेखि नै महिनौँ दिनसम्म असारे भाकामा गीत गाउँदै दौँतरीसँग धान रोपेर मेलो सकाउँदा पनि दिन गएको पत्तो हुन्नथ्यो, अहिले धान रोपाइँको पुरानो संस्कृति र परम्परा नै हरायो, हिजोका दिन सम्झँदा जमनाले धेरै नै कोल्टे फेरेछ ।”

पञ्चेबाजाको तालमा असारे गीत गाउँदा मनका पीडा व्यथा बेदना सबै हराउने हुँदा पुराना संस्कार र संस्कृतिको जगेर्ना हुनुपर्नेमा उहाँको जोड छ । साथीसँग ख्यालठट्टा गर्दै मेलो सकाउँदा दिनभर काम गरेको थकानको अनुभूति पनि हुने नगरेको अर्का ज्येष्ठ नागरिक रुक्मिणी रेग्मी बताउनुहुन्छ । “रोपाइँका लागि भनेर एक महिनाअघिदेखि नै खाजाको बन्दोबस्त हुन्थ्यो, विभिन्न थरीका खाजाका परिकार बन्थे, यसरी समूहमा धान रोप्दा माइतीघर जान नपाए पनि साथीसँग दुःख र बेदना गीतमार्फत पोख्न पाउँदा मन भुल्थ्यो, अहिले धान रोपाइँलाई पहिलाजसो झण्झट केही गर्नुपर्दैन, एकै दिनमा गाउँमा सबैका रोपाइँ हुन थाले”, उहाँ भन्नुुहन्छ ।

पाल्पामा आजभन्दा करिब दुई दशकअघि पञ्चेबाजाको तालमा असारे गीत गाउँदै धान रोप्ने परम्परा रहे पनि अहिले यो चलन पूर्णरुपमा हराइसकेको छ । गाउँमा विभिन्न कृषि यान्त्रिकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भूमि घर घडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुजस्ता कारणले पुरानो मौलिक परम्परा र संस्कृति हराउन थालेको हो । गाउँमा कृषि यान्त्रिकरण भित्रिएसँगै पुरानो परम्परा छाडेर नयाँ प्रविधिबाट छिटोछरितो र कम लागत र मेहनतमा कृषकले खेती गर्न थालेको बताउनुहुन्छ, कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी ।

“धान रोपाईको मौलिक परम्परा हराउँदै जान थाले पनि असार १५ को दिन सरकारले धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा अवलम्बन गरी पञ्चेबाजासहित ठूलो समूहमा धान रोप्ने गरेको छ, स्थानीय समुदायले पनि मौलिक संस्कार संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गरी निरन्तरता दिनुपर्छ”, उहाँ जोड दिनुहुुन्छ ।

विशेषगरी महिलाले धान रोप्दा आफ्ना पीडा वेदना पनि गीतका माध्यमबाट व्यक्त गर्ने गदर्थे । घर–माईत गर्दा भोगेका सुख दुःखका गाथालाई असारे भाकामा धान रोप्दा गाएर मलाई शान्त पार्ने गर्थे । यसरी गाउँका साथीसँग मेलापात गर्दा माइतीको न्यास्रो नै हराउने गरेको सीता अर्यालको अनुभव छ । हिजोआज ट्र्याक्टरले हिलो गरेपछि छोटो समयमा रोपाइँ गरेर सकिँदा असारको चटारो कम परेको उहाँको भनाइ छ ।

हलो–जुवा र गोरुको ठाउँ ट्र्याक्टर तथा हाते ट्र्याक्टरको प्रयोग बढ्दो छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा असारलाई लिइन्छ । असारे गीतलाई कसैले रमाइलोका रुपमा त कसैले माया प्रेम, ख्याल ठट्टा, दुःख र बेदना पोख्ने थलोका रुपमा लिने गर्दछन् । खनजोत गर्नाका लागि पावर टिलर, मिनि टिलर, ट्र्याक्टरको सुविधा गाउँ गाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन थालेको छ । एक हल गोरुले दिनभर जोतेर सकाउने जमिन कृषि यान्त्रिकरणको प्रयोगले छोटो समयमा नै सकाउने हुँदा कृषक आधुनिक प्रविधितर्फ आकर्षित हुन थालेका हुन् । अबका पुस्तालाई हिजो बाबु–बाजेले गोरुले जोतेर रोपाइँ गर्ने कुरा एकादेशको कथा जस्तै हुन थालेको छ ।

समयअनुसार नयाँ चलनचल्तीको सुरुआत हुनु सबैले स्वीकार गरेकै छन् । परिवर्तनका नाममा मौलिक परम्परागत संस्कृति लोप हुन पुग्दा भने बुढापाकामा चिन्ता बढेको छ । । हल गोरुको ठाउँमा कृषि यान्त्रिकरणको प्रयोगले रोपाइँ गरिन थालेपछि दिनभर हलो जोतेर जीवन धान्ने मजदुरको रोजीरोटी खोसिन पुगेको छ । यान्त्रिकरणले कृषकलाई लागत र मेहनतको हिसाबले धेरै फाइदा पुगेको उनीहरु बताउँछन् ।