४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् कार्यालयभित्रै कुटिए पत्रकार



अ+ अ-

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् ।

कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो ।

सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिटपछि उनी भागेर बाचेका थिए । उनको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए ।

आचार्य स्थानीय ‘सञ्चारपत्र’ दैनिकका प्रकाशक र राससकर्मी समेत हुन् । उनी प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुन् । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।




भर्खरै