• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

उपसभामुख पदमा सांसद पुष्पा भुसाल गौतम बिजयी



काठमाडौ । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल बिजयी हुनु भएको छ ।

भुसाललाई नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजबादी , जसपा , लोसपा , राष्ट्रिय जनमोर्चा ले समर्थन गरेको थियो ।

भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो भने नेमकिपा मा सासंद प्रेम सुवालले कुनै पनि उम्मेदवारलाई मत दिनु भएन ।

यसै गरी एमालेमा तर्फबाट उम्मदबार बन्नु भएकी बिद्या भट्टराईलाई नेकपा एमाले र राप्रपाले समर्थन जनाएको थियो ।

नेपालको संविधानमा सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुख रहेकी डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।