• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

डा. भट्टराईसहित ९ नेता जसपाबाट निस्कासित



काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले नेता भट्टराईको पक्षमा रहेका ९ केन्द्रीय नेतामाथि कारबाही गरेको हो ।

कारबाही सहित पार्टीको जिम्मेवारी बाट पदमुक्त भएकाहरुका जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरु महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र मानबहादुर चौधरी रहेका छन् ।

उनीहरुलाई पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै कारबाही गरेको जनाइएको छ ।

यता भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरिसकेको छ ।