२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवालाई नेता निधीको सुझाव: पार्टी भित्र गठबन्धन गर्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिनुभया । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताउनु भयो । उहाँले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र, अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी संसद र प्रदेशको चुनाव पनि तपाईले गराउनु मेरो समर्थन छ भनेँ । गठबन्धन र चुनावी तालमेल फरक फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ । चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद् छ । अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्यो भन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरेँ । अब पहिलो पार्टी मात्रै होइन, बहुमतीय पार्टी बन्नुपर्छ भनेर आग्रह गरेँ । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली काँग्रेसका साथीहरुले नै जितेका छन्, उनीहरुलाई पनि समेटेर अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेको छ । यसलाई ध्यानमा राखेर एउटा विदेश नीति नेपाली काँग्रेसले दिशा लिनुपर्छ भन्ने आग्रह गरेँ । अर्थतन्त्रमा धेरै संकट आएको छ यसलाई पनि समाधान गर्न आग्रह गरेँ । अरु दलसँग त गठबन्धन गरेका छौँ तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, आवश्यक छ । नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान चुनावमा जित्न सहयोग गर्छ यसलाई तपाईको काम भएकोले आफूले काम गरेर लैजानुस् भनेँ ।’

नेता निधीले नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भुमिका खेल्नुपर्ने बताउनु भयो ।

 




भर्खरै