१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न सांसदको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू थुनामा राखिएको र त्यसविरुद्धमा केही विद्यार्थी आमरण अनशन बसेको सदनमा जानकारी गराउनुभयो ।

उहाँले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग आग्रह गर्नुभयो । अर्का सांसद राजेन्द्रकुमार केसीले बाढी, पहिरालाई मात्रै हेर्ने विभाग नहुँदा मुलुकमा विपद्को समस्या झन् बढिरहेको बताउनुभयो ।

उहाँले काठमाडौँको पहाडी भू–भाग बाढीपहिराको उच्च जोखिममा रहेको जानकारी गराउँदै त्यसबाट बस्ती जोगाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।