२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.6

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रद्वारा गभर्नर अधिकारीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्नुभएको छ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाउँदै २०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको बताउनुभयो ।

एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन नगर्नुभएको भन्दै उहाँले खण्डन गर्ने स्थिति होला कि नहोला प्रश्न रहेको बताउनुभयो ।

यसरी अलमल गर्नुभन्दा विवाद भएपछि गभर्नरले राजीनामा दिनु राम्रो हुने उहाँले बताउनुभयो । विसं २०७३ सालमा एमालेको सोही विभागमा गभर्नरको नाम नै स्पष्टसँग राखिएको भन्दै नेता श्रेष्ठले अहिले एम अधिकारी भन्ने चाहिँ अर्कै हुनुहुन्छ भनेर प्रष्ट्याउनुपर्ने बताउनुभयो ।