२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा



अ+ अ-

काठमाडौँ । पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँखु’ बजारमा ल्याएको छ ।

कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस संग्रहमा ८७ कविताहरु संग्रहित छन् ।

पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् , ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।’

कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली ‘सुफि-शैलीका कविता’ भन्न रूचाँउछन् । ‘प्वाँख’ भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ ।’, पुस्तकबारे कवि नवराज पराजुली भन्छन्, ‘सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ । आज कविताले नविनलाइ चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ ।’

‘प्वाँख’ कविता संग्रह हालसालै एउटा समारोह बीच अमेरिकाको न्यू योर्कमा विमोचन गरिएको थियो ।

‘प्वाँखु को मूल्य नेपाली बजारका लागि २९५ रुपियाँ रहेको छ र साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon  मार्फत् उपलब्ध हुनेछ ।