९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा



अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ । 

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।