• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

उत्तरका पाहुनालाई विदा गरेलगत्तै प्रचण्ड भारत भ्रमणमा जाँदै



काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शुक्रबार भारत भ्रमणमा जान लाग्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको चार दिने भ्रमण गरी बामपन्थी दलहरुबीच एकता र विदेशी हस्तक्षेपका पक्षमा जिज्ञासा राखिरहेको अवस्थामा प्रचण्ड आकस्मिक रुपमा भारत भ्रमणमा जान लाग्नु भएको हो ।

चिनियाँ नेता लिउसँग सोमबार प्रचण्डको निजी निवास खुमलटारमा भेटवार्ता भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलसँग लामै कुराकानी भएको थियो ।

प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । व्यक्तिगत भ्रमण भनिए पनि उहाँले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्नुहुने स्रोतले बताएको छ । यद्यपी प्रचण्डको भ्रमण र उहाँले भारतमा गर्नुहुने भेटघाटका कार्यक्रमलाइ गोप्य राखिएको छ ।

प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ । उहाँले भारतको संस्थापन पक्षसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहनु भएको छ ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दोहोर्याएर भेट गर्नु भएको थियो । उहाँहरूबीच दोस्रो भेटमा  झण्डै ४० मीनेट कुराकानी भएको थियो । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट श्रीवास्तवले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको थियो ।

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव नियुक्त भएको केही दिनभित्रै यस्तो भ्रमणको तारतम्य मिलेकोलाई एक शंकास्पद घटनाका रुपमा हेरिएको छ ।

यसअघिका प्रचण्डका भारत भ्रमणहरु पनि विवादित हुने गरेका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै समयमा भारत भारत भ्रमणमा जानु भएका प्रचण्ड त्यहाँबाट फर्के लगत्तै केपी ओली विरुद्ध उहाँले अभिव्यक्ति दिनु भएको थियो ।

अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि भारत भ्रमणमै हुनुहुन्छ ।