२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्ः प्रधानमन्त्री देउवा



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएपछि जवाफमा संसदीय दलका नेता समेत रहनुभएका देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको स्मरण गराउनुभयो । 

एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै देउवाले भन्नुभयो, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’