२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भएको छ । बैठक भोली (बुधबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने तय भएको हो। ्

बैठकमा बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउने बताइएको छ । एमालेबाट टुक्रिएर नयाँ दलको मान्यता पाएपछि एकीकृत समाजवादी पार्टी पहिलोपटक संसद्को बैठकमा सहभागी हुनेछ।

यसअघि उक्त पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो। उक्त दल निकट समाजवादी प्रेसले १५१ सदस्यीय कार्य समितिको विधान तयार गरिसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता गर्ने जनाएको छ।