२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्ले पक्राउ



अ+ अ-

काठमाडौँ । एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार  ‘नवजीवन प्लस’ नामक संस्था चलाएका काफ्लेलाई  लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । 

ललितपुर घर भएका काफ्लेलाई उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा पक्राउ गरिएको प्रहरीको दावि छ । काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

एचआआईभी एड्स संक्रमित समेत रहेका काफ्लेलाई गृह मन्त्रालयले पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली बुढानिलकण्ठस्थित उनको कार्यालयमा पुगेको बताइएको छ। एनसिबीले अदालतबाट म्याद लिएर अनुसन्धान बढाउने तयारी गरेको छ। 

काफ्लेसहित उनको संस्थाका केहीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। युवाहरुलाई गाँजा उपलब्ध गराउने र गाँजा सेवनमा उक्साउने उजुरी आएपछि यसअघि पनि एनसिबीले काफ्लेलाई त्यस्ता गतिविधी बन्द गर्न चेतावनी दिएको बुझिएको छ।