२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्ले पक्राउ



अ+ अ-

काठमाडौँ । एचआइभी पीडितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार  ‘नवजीवन प्लस’ नामक संस्था चलाएका काफ्लेलाई  लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । 

ललितपुर घर भएका काफ्लेलाई उनले नै संचालन गरेको ‘हिप्पी हिल’ रेष्टुरेण्टमा गाँजा बेचेको आरोपमा पक्राउ गरिएको प्रहरीको दावि छ । काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

एचआआईभी एड्स संक्रमित समेत रहेका काफ्लेलाई गृह मन्त्रालयले पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली बुढानिलकण्ठस्थित उनको कार्यालयमा पुगेको बताइएको छ। एनसिबीले अदालतबाट म्याद लिएर अनुसन्धान बढाउने तयारी गरेको छ। 

काफ्लेसहित उनको संस्थाका केहीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। युवाहरुलाई गाँजा उपलब्ध गराउने र गाँजा सेवनमा उक्साउने उजुरी आएपछि यसअघि पनि एनसिबीले काफ्लेलाई त्यस्ता गतिविधी बन्द गर्न चेतावनी दिएको बुझिएको छ।




भर्खरै