२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ



अ+ अ-

कर्णाली । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उहाँले बताउनुभयो । 
    
चौकुने गाउँपालिका–७ सुर्खेत घर भई पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले सोमबार आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएपश्चात् उनीहरु पक्राउ परेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । उहाँका अनुसार किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन् ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाको घरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताउनुभयो । उहाँका अनुसार मुद्दा दर्तापछि किशोरी आफँैले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।

बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका नौ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाउनुभयो । त्यसैगरी वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेत निवासी २८ वर्षीय कुबेर शाहीलाई आज १३० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




भर्खरै