२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी



अ+ अ-

जापान । जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ । सो इन्सुरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीमा बढ्दो कोरोना सङ्क्रमणमा परेका र अफ्नो संस्थामार्फत बीमा भएका नेपालीहरूलाई सुविधा भुक्तानी गरेको हो । गत अगष्ट महिनामा मात्र २० जनालाई कोरोना सङ्क्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको इन्सुरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिनुभयो ।

प्रतिव्यक्ति करिब ७० हजार येनदेखि दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । अगष्ट महिनामा मात्र मिराई लाइफले २४ लाख २० हजार येन रकम सुविधाबापत भुक्तानी गरेको हो । आठ जनाले बेसिकतर्फ सात लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम भुक्तानी गरिएको हो । करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाइएको छ ।

हालसम्म बीमा सुविधा दाबी गर्नेहरूमा ८० प्रतिशत कोरोना सङ्क्रमितहरू छन् भने बाँकी अस्पताल भर्ना भएका तथा शल्यक्रिया गरेकाहरू छन् । यता सेप्टेम्बर महिना लागेसँगै करिब नौ जनाले कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन् । 

मिराई लाइफ इन्सुरेन्सले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुँदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि शल्यक्रियाको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ । यस्तै मृत्यु हुँदा २० लाख (२०० मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ । यस्तै कोरोना सङ्क्रमितहरूका लागि पनि अस्पतालमा भर्ना भए सरहको सुविधा प्रदान गर्ने गरेको छ ।




भर्खरै