५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ११.६८ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पछिल्ला समय निरन्तर रुपमा उतारचढाव हुँदै आइरहेको छ । मंगलवार नेप्से परिसूचक ११.६८ अंक बढेर १९२७.२८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ६७ हजार कित्ता शेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलवार कारोबार रमकमा गिरावट आएको छ । सोमवार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी १.६५ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक १.३९ प्रतिशत, जलविद्युतको १.३८ प्रतिशत, व्यापारको १.३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३६ प्रतिशत बढेको छ ।

नेप्सेसँगै सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ९.३५ प्रतिशत बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य यसदिन सर्वाधिक ४.६५ प्रतिशत घटेको छ । अरुण काबेली पावर कम्पनीले मंगलवार ७ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।