२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्रिय राजनितीमा देउवा पुत्र, जयवीर महाधिवेशन प्रतिनिधि



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि सक्रिय राजनीतिमा आएका छन्। जयवीरले गृह जिल्ला डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ जयवीर क्रियाशील सदस्य छन्। उनको नयाँ क्रियाशील सूचीको १६६ नम्बरमा नाम छ। 

कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए। उनकाअनुसार जयवीर गाउँ भने आएका छैनन्। भदौ २५ गतेका लागि सारिएको अधिवेशन पनि स्थगित भएको छ  । 

वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीर यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ। कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ।

सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।

क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। २६ वर्षीय जयवीरले बेलायतमा युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्। 

कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीर यसपालि क्रियाशील सदस्य भएको बताए।

सभापति मल्लका अनुसार डडेलधुरामा जिल्लाबाट नाम पठाइएका पाँच सय जनाको नाम क्रियाशीलको सूचीबाट हटाइएको पाइएको छ। यसमा आफूहरूले विरोध गरेको मल्लले बताए।

‘केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाइएको र तीन सय जना नयाँ थपिएको पाइएको छ। अधिवेशनबारे यहाँ विवाद छ,’ उनले भने।
 




भर्खरै