२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका एक दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा एमाले भक्तपुर जिल्ला ठिमी नगरपालिकाका नगर सदस्यसहितका नेताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

आज मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगरसदस्य बेदप्रसाद खरेलसहित एक दर्जन नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रचण्डका स्वकिय सचिव गंगा दाहालले खरेलसहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिइन् ।

सो कार्यक्रममा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, भक्तपुरका नेताहरु दिलिप प्रजापति लगायतको उपस्थिती रहेको थियो ।