२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका एक दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा एमाले भक्तपुर जिल्ला ठिमी नगरपालिकाका नगर सदस्यसहितका नेताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

आज मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगरसदस्य बेदप्रसाद खरेलसहित एक दर्जन नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रचण्डका स्वकिय सचिव गंगा दाहालले खरेलसहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिइन् ।

सो कार्यक्रममा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, भक्तपुरका नेताहरु दिलिप प्रजापति लगायतको उपस्थिती रहेको थियो ।