२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी



अ+ अ-

बागमती । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।      

आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । 

एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनुहुन्छ । उहाँले  संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको राससलाई जानकारी दिनुभयो । 

तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उहाँ विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आउनुभएको छ । सन् २०१३ देखि एनआरएनएमा आबद्ध उहाँले यसअगावै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

डा पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत हुनुभएको छ । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र आबद्ध हुनुहुन्छ । डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा परिचित हुनुहुन्छ ।  

डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडाँै मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । डा पौडेलको अमेरिकामा चिकित्सा साथ साथै होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ । 

आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि  भर्चुअलमार्फत सहभागी हुनेछन् । 




भर्खरै