२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम पक्षको भेला: नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने प्रस्ताव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको आफ्नो पक्षको केन्द्रीय समितिको विस्तारित बैठका दुई विकल्प अघि सारिएको छ ।

मंगलबार काठमाडौँको जडीबुटीस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा अध्यक्ष भट्टराईले नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने भन्ने दुई विकल्प अघि सार्नुभएको हो ।

भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले जसपाको वैधानिक बहमुत आफूहरुसँग रहन्छ वा रहँदैन भन्ने कुरा निर्वाचन आयोगको प्रक्रियाले टुंगो लाग्ने भन्दै पार्टी पुनर्गठन भने अनिवार्य भएको बताउनुभयो ।

पार्टी पुनर्गठन गर्नका लागि उहाँले दुई विकल्प अघि सार्नुभएको बताइएको छ । पहिलो विकल्पमा नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्तिको निर्माण अभियानलाई अघि बढाउने र दोस्रो विकल्पमा विचार, नीति र कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण र एकीकरण गर्ने भन्ने रहेको छ ।

दुई विकल्पमध्ये बैठकले उत्तम विकल्पको छनोट गरेपछि पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली आदि बनाइने भट्टराईले बताउनुभयो ।




भर्खरै