२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम पक्षको भेला: नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने प्रस्ताव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको आफ्नो पक्षको केन्द्रीय समितिको विस्तारित बैठका दुई विकल्प अघि सारिएको छ ।

मंगलबार काठमाडौँको जडीबुटीस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा अध्यक्ष भट्टराईले नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने भन्ने दुई विकल्प अघि सार्नुभएको हो ।

भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले जसपाको वैधानिक बहमुत आफूहरुसँग रहन्छ वा रहँदैन भन्ने कुरा निर्वाचन आयोगको प्रक्रियाले टुंगो लाग्ने भन्दै पार्टी पुनर्गठन भने अनिवार्य भएको बताउनुभयो ।

पार्टी पुनर्गठन गर्नका लागि उहाँले दुई विकल्प अघि सार्नुभएको बताइएको छ । पहिलो विकल्पमा नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्तिको निर्माण अभियानलाई अघि बढाउने र दोस्रो विकल्पमा विचार, नीति र कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण र एकीकरण गर्ने भन्ने रहेको छ ।

दुई विकल्पमध्ये बैठकले उत्तम विकल्पको छनोट गरेपछि पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली आदि बनाइने भट्टराईले बताउनुभयो ।