२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा भाइरल परे पक्राउ



अ+ अ-

सामाजिक सञ्जालमा भाइरल बन्न मानिसले अनेक नाैटंकी गरिरहेका हुन्छन् । यस्तै भाइरल बन्न खाेजेका एक व्यक्तिलाइ भारतीय प्रहरीले पक्राउ गरेकाे छ । एउटा भिडियोमा एक जना पानी पुरीवालाले अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका थिए ।

उनको यो निच हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बनेको हो ।

खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले भिडियो खिचेर उनको यथार्थता बाहिर निकालेका छन् ।

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ । उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ । एजेन्सी