२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बुधबार बिहान बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक सुरु भएको हो । 

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् । 

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेको छ । संसद् बैठक चार बजे बस्दैछ ।