२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेव पत्नी एमाले संसदीय दलको बैठकमा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले परित्याग गरेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् । 

बुधबार बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएकी हुन् । 

सांसद् कोमल वलीले थापा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको फोटो सार्वजनिक गरेकी हुन् । 

आजदेखि सुरु हुने संघीय संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।