२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार ह्वातै घट्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ । साताको तेस्रो दिन मंगलबार स्थिर रहेको सुनको मुल्य आज भने ओरालो लागेको हो । 

हिजो मंगलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

मंगलबारको तुलनामा आज सुनको मूल्य ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।